most dangerous virus on earth [Nepali]

  • 3 years ago
most dangerous virus on earth [Nepali]
मारबर्ग भाइरस सन १९६७ मा जर्मन मा पहिलो चोटी देखा परेको थियो ।त्यस पछी यो प्रकार को भाइरस बिस्तारै बिस्तारै सन्सार भरी फैलिएको थियो ।
मार्बर्ग भाइरस इबोला भाइरससँग मिल्दोजुल्दो छ यि दुबै प्रकार का भाइरस हरुले हेमोर्याजिक ज्वरो निम्त्याउन सक्छ,
यसको मतलब यो हो कि संक्रमित मानिसहरु लाई उच्च फेभर र शरीरभर रक्तस्राव को विकास हुन्छ जसले मृत्यु समेत निम्त्याउन सक्छ।
मारबर्ग भाइरस रोग (MVD), पहिले मार्बर्ग रक्तस्रावी ज्वरोको रूपमा चिनिन्थ्यो,यो एक गम्भीर रोग हो जस्ले प्राय मनिस को ज्यानै लिन सक्छ ।
Pteropodidae परिवार को Egyptian fruit bats (Rousettus एजिपिटियाकस ) लाई मारबर्ग भाइरस को प्राकृतिक होस्ट मानिन्छ।
मार्बर्ग भाइरस fruit bats बाट मानिसहरू मा सर्छ र मानिसहरूमा bhane मानव-देखि मानव प्रसारणको माध्यमबाट फैलिन्छ।
(WHO) World Health Organization को भनाइ अनुसार
पहिलो प्रकोपमा यस किसिम को माहामरी बाट मनिश को मृत्यु दर कारीब २५ प्रतिशत थियो
तर प्रजातान्त्रिक कंगो मा सन् १९९८-२००० को प्रकोप बाट मनिश को मृत्यु दर ८० प्रतिशत भन्दा बढि भएको थियो।
साथै अंगोलामा सन् २००५ मा भएको यस्को मृत्यु दर ८० प्रतिशत भन्दा बढि थियो।

मार्बर्ग भाइरस RNA बाट बनेको हुन्छ । यस्तो भाइरस प्राय यू वा 6 आकारमा देखा पर्न सक्छ ।
मार्बर्ग भाइरस को सामान्यतया ८० एनएम चौडाई हुन्छ,तर लम्बाइमा भने केही फरक हुन्छ।
yasko लम्बाई 795 देखि 828 nm सम्म हुन्छ र यस किसिम को भाइरसमा सात संरचनात्मक प्रोटीन समाबेश भएको हुन्छ।
भाइरस को केन्द्रमा हेलिकल ribonucleocapsid हुन्छ , यो ribonucleocapsid मा RNA समबेश भएको हुन्छ .
RNA बाट बनेको लामो अणु जस्ले भाइरस लाई पुन उत्पादनको लागि बन्शानुगत विवरन हरु समावेश गर्दछ ।
RNA protine molecule ले बनेको खोल भित्र बेरिएको हुन्छ, protine molecule बाट बनेको खोल लाई Capsid भनिन्छ ।
जस्ले बन्शानुगत सामग्रीलाई सुरक्षा दिन्छ।
यो भाइरससँग लिपिडले बनेको बाहिरी envelope पनि हुन्छ, जस्लाई हामी fatty organic molecules पनि भन्न सकिन्छ।

मार्बर्ग भाइरस infection को symptoms र signs के के हुन ?

मार्बर्ग भाइरस संक्रमणको लक्षण सामान्यतया लगभग ५ देखि १० दिनको इन्क्युबेशन अवधि पछि अचानक देखा पर्दछ ।
इन्क्युबेशन अवधि भनेको संक्रमण को जोखिम र पहिलो लक्षण को उपस्थिति बीचको अवधि हो।

1) ज्वरो आउनु
2)टाउको दुख्नु
3)मांसपेशी दुख्नु
भनेको यस्को प्रारम्भिक लक्षणहरू हुन ।


वाकवाकी लाग्नु
बान्ता गर्नु
घाँटी दुख्नु
पखाला चल्नु
भनेको यस्को प्रायः पाँच दिन पछि देखापर्ने लक्षणहरू हुन ।

केही व्यक्तिहरूमा छाती, शरिरको पछाडि भागमा र पेटमा दाग समेत देखा पर्दछ।

Jaundice,गम्भीर तौल घट्नु
कलेजो ले काम नगर्नु
अंगहरुको डिसफंक्शन हुनु को साथै विशाल रक्तस्राव हुनु
यस रोग को अन्तिम लक्षणहरू हुन ।

मार्बर्ग भाइरस संक्रमणको लागि के उपचार उपलब्ध छ ?

इबोला र अन्य धेरै भाइरल रोग जस्तै, मार्बर्ग भाइरस रोग को लागी पनि कुनै खास उपचार छैन।

Recommended